अध्यक्ष पदका लागि भीम रावलले गराए उम्मेदवारी दर्ता

हेटौंडा, १३ मंसिर । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष पदका लागि उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।
फारम आइतबार नै लिएका रावलले उम्मेदवारी दर्ता भने सोमबार बिहान गरेका हुन् । रावलको प्रस्तावकमा महादेव बजगाईँ र समर्थकमा दूधकला विष्ट छन् ।
आइतबार मध्यरातसम्म नेताहरूबीच सहमतिको प्रयास भएपनि रावलले अध्यक्षबाट पछि नहट्ने अडान कायमै राखे । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए । तर, ओलीको प्रस्ताव रावलले अस्वीकार गरेका थिए ।
रावल सहमतिमा नआएपछि आज अध्यक्षका लागि चुनाव हुन लागेको हो ।