महोत्तरी, १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महोत्तरीको वडा अधिवेशन १२२ ठाउँमा सर्वसम्मत सम्पन्न भएको छ ।

१३८ वडा मध्ये बाँकी १६ वडामा पार्टीको विधानमा उल्लेख भएका केही प्रक्रियागत अफ्ठ्याराले अधिवेशन बाँकी रहेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

१६ वडामा अहिलेसम्म सेल कमिटी नबनेको, टोल भेला नभएको र सक्रिय सदस्यहरू टुंगो नलागेकोले अधिवेशन हुन नसकेको नेकपा माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए ।

१६ वडाको अधिबेशन टुंगिएसँगै माओवादी महोत्तरीको वडा अधिवेशन सम्पन्न हुनेछ भने दोस्रो चरणमा पालिका अधिवेशन सुरु हुने बताइएको छ ।

मनरासिस्वा नगरपालिकाको सबै वडाको अधिवेशन सकिएपछि नगर अधिवेशन समेत सम्पन्न गरेको नेकपा माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष तुलसी ढुंगानाले जानकारी दिए ।