शनिबार २१३ नयाँ संक्रमित थपिए, ३१५ जना संक्रमणमुक्त

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६३२ नमुना परीक्षण गरिएको थियो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३१५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट थप ३ जानाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ ।
हालसम्म नेपालमा ८ लाख २० हजार ७२४ जनालाई कोरोना संक्रमण देखिएको छ भने ८ लाख २ हजार ४७ जना संक्रमणमुक्त भईसकेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १५६ रहेको मन्त्रालयले जनाएको छ ।