काठमाडौं, ११ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा च्यासल युथ क्लबले विभागीय टोली एपिएफ फुटबल क्लबमाथि १–० को कठिन जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ४९औं मिनेटमा रूमेश बर्तौलाले गरेको एक मात्र गोल च्यासललाई जित दिलाउन प्रयाप्त बन्यो ।

यो नतिजासँगै पहिलो जित हात पारेको च्यासलले ३ अंक जोड्दा एपिएफले लगातार दोस्रो पराजय बेहोरेको छ। पहिलो खेलमा च्यासल थ्रीस्टारसँग ३–० तथा एपिएफ ब्रिगेड ब्वाइज क्लबसँग ३–२ ले पराजित भएका थिए ।