७५३ वटै स्थानीय तहमा माओवादी केन्द्रले पालिका सम्मेलन गर्दै

काठमाडौं, ११ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले १०औँ महाधिवेशन र सत्तासीन नेपाली काँग्रेस जिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला नेकपा (माओवादी केन्द्र) लाई पनि आन्तरिक चुनाव लागेको छ । माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो ।
माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो । शनिबार ७५३ वटा स्थानीय तहमा माओवादी केन्द्रले अधिवेशन गर्न लागेको छ । त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ ।
माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पालिका सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताए । पालिका सम्मेलन २५ मंसिरमा हुनेछ । माओवादीले ११–१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।