साइबेरियाको एक कोइलाखानीमा आगो लाग्दा ५२ जनाको मृत्यु

एजेन्सी, १० मंसिर । साइबेरियाको एउटा कोइलाखानीमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।कोइलामा आगो लागेपछि खानी धुँवाको मुस्लोले ढाकिएको थियो ।
खानीभित्र फँसेका सबैजनाको मृत्यु भएको हुन सक्ने रसियन सञ्चारमाध्यमहरूले जनाएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
खानीभित्र ठूलो परिमाणमा मिथेन भएकोले जुनसुकै बेला विष्फोट हुनसक्ने भन्दै उद्दार कार्य स्थगित गरिएको थियो । खानीबाट अझै पनि धुँवाको मुस्लो आइरहेको जनाइएको छ ।