एजेन्सी, १० मंसिर । भारतको पूर्वोत्तर राज्यमा भूकम्पको झट्का महशुस गरिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार भारत–म्यानमार सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर शुक्रबार विहान ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

नेपालको पूर्वी क्षेत्रमा पनि भूकम्पको धक्का महसुश गरिएको थियो । भूकम्पको झट्का बंगलादेशमा पनि महसुश गरिएको बिबीसीले जनाएको छ ।

भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण नआएको भारतीय प्रहरीले जनाएको छ ।