आइसिसी महिला टी–२०: कुवेतविरुद्ध नेपाल ९ विकेटले विजयी

काठमाडौं, ९ मंसिर । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ । जारी प्रतियोगिताको नेपालको यो लगातार दोस्रो जित हो ।
यसअघि नेपालले दोस्रो खेलमा भुटानलाई ६ विकेटले हराएको थियो । हकङकङसँग भने नेपाल ६ विकेटले पराजित हुन पुग्यो । तेस्रो खेलमा कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालका लागि इन्दु वर्माले १३, रुबिना क्षेत्रीले अविजित १२ रन बनाए । सीता राना मगर भने आज शून्यमै आउट भइन् । बलिङमा मीरा जश्वीले एक विकेट लिइन् ।
त्यसअघि, दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेत २७ रनमै अलआउट भयो । उसका लागि प्रियादा मुरलीले १० रन बनाइन् । बाँकी १० ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा संगीता राइले ३, रुविना क्षेत्री, करुणा भण्डारीले दुई÷दुई र सरस्वती चौधरीले एक विकेट लिइन् । प्रतियोगिताको चौथो खेलमा नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौँ खेलमा आइतबार संयुक्त अरब ईमिरेट्स (युएई) विरुद्ध खेल्नेछ ।
६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

