काठमाडौं, ९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३०८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ र १ हजार ८०५ एन्टिजेन परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २९८ रहेको छ भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ७०९ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ । त्यस्तै, ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ६ हजार ९६१ जना होम आइसोलेसनमा र ३८८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।