काठमाडौं, ८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९२० मा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ रहेको छ । पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या ८ लाख १ हजार १२२ पुगेको छ । संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण दर १७.९ प्रतिशत रहेको छ ।

हाल होम आइसोलेशनमा ६ हजार ९८१, संस्थागत आइसोलेशनमा ३८८, आइसियुमा २०६ र भेन्टिलेटरमा ४० जनाको उपचार भईरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा १ लाख ४७ हजार २६२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

जसमध्ये पहिलो मात्रा ९२ लाख ८४ हजार ३३७ ले र पूर्ण मात्रा ८० लाख ५९ हजार ३०२ जनाले लगाएका छन् ।