जनकपुरधाम, ८ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत धनुषाको १८ मध्ये ९ स्थानीय तहमा सर्वसम्मत र ९ मा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।

आइतवारदेखि सुरु भएको महाअधिवेशन बुधबार दिउँसो १ बजेसम्म चलेको थियो । आन्तरिक विवादका कारण ९ वटा पालिका सोमबारसम्ममा सर्वसम्मत नेतृत्व चयन भइसकेको थियो । त्यस्तै, मंगलवार र बुधवार बाँकी ९ वटा पालिकामा निर्वाचन भएको बताइएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का ५ पालिका मध्ये धनुषाधाम नगरपालिकामा चन्द्रद्रीप यादव, हंसपुर नगरपालिकामा राजनारायण कापर सर्वसम्मत नेतृत्व पाएका छन भन सबैला नगरपालिकामा खटु यादव, मिथिलाबिहारी नगरपालिकामा राजेन्द्र यादव र गणेशमान चारनाथ नगरपालिकामा रामशुभ यादवले निर्वाचनमार्फत नेतृत्व पाएका छन ।

क्षेत्र नम्बर २ का ५ पालिका मध्ये औरही गाउँपालिकामा जुगल सिंहले सर्वसम्मत नेतृत्व पाएका छन भने विदेह नगरपालिकामा गणेश साह, कमला नगरपालिकामा शंकर यादव, शहीदनगर नगरपालिकामा श्रीलाल यादव र जनकनन्दनी गाउँपालिकामा दिलिपकुमार यादवले निर्वाचनमार्फत नेतृत्व पाएका छन ।

त्यस्तै क्षेत्र ३ मा जनकपुरधाम उपमहानगरपालिका सहित ४ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । संसदीय दलका नेता रामसरोज यादवले जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह, नगराईन नगरपालिकामा विनय यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव र धनौजी गाउँपालिकामा रामनारायण यादवले सर्वसम्मत नेतृत्व पाएको जानकारी दिएका छन ।

क्षेत्र नम्बर ४ का ४ पालिका मध्ये २ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने एउटामा निर्वाचनबाट नेतृत्व चयन गरिएको हो ।लक्ष्मिनिया गाउँपालिकामा भोगेन्द्र मिश्र र क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादवले सर्वसम्मत नेतृत्व पाएका छ भने मिथिला नगरपालिकामा जोगी महतो र बटेश्वर गाउँपालिकामा राजेन्द्र यादवले निर्वाचनबाट नेतृत्व पाएका छन ।

जिल्लाभरिको पालिकाको अधिवेशन सम्पन्न सर्वसम्मत भएकाहरुमा प्रमाण पत्र वितरण भइसकेको छ भने निर्वाचन भएका पालिकाहरुमा प्रमाणपत्र दिने कार्य जारी रहेको जल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए ।