माओवादी केन्द्रका नेता बन्जाडेको बसको ठक्करबाट मृत्यु

काठमाडौं, ८ मंसिर । नेकपा माओवादी केन्द्रका नेता टंकमणि शर्मा (बन्जाडे) को बसको ठक्करबाट मृत्यु भएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देहीका ईन्चार्ज रामप्रसाद शर्माको मंगलबार राति बसको ठक्करबाट बुटवलमा मृत्यु भएको हो ।
बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई मंगलबार राति बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले जितगढीमा ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते उनको लुम्बिनी सिटी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको माओवादी केन्द्र रुपन्देहीका जिल्ला अध्यक्ष नारायण जिसी ‘निर्मल’ ले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलका चालक पाल्पा रामपुरका जीतबहादुर थापा घाइते भएका छन् । उनको लुम्बिनी सीटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।