मंगलबार ३५१ नयाँ संक्रमित थपिए, २७३ संक्रमणमुक्त, ९ जनाको मृत्यु

काठमाडौं, ७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३५१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने २७३ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ६९ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ । त्यस्तै, ८ लाख ८९० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३०० रहेको छ । जसमध्ये ६ हजार ८६९जना होम आइसोलेसनमा र ४३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २२३ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।