काठमाडौं उपत्यकामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप १७० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौंमा १२४, भक्तपुरमा १० र ललितपुरमा ३६ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ३८५ जनामा संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।