काठमाडौं, ६ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबारको दोस्रो खेलमा मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । एनआरटी २–१ गोलले पराजित भएको हो ।

मछिन्द्रले खेलको पहिलो हाफको १२ मिनेटमा नै एक गोलको अग्रता लिएको हो । मछिन्द्रका लागि पहिलो गोल सुनिल बलले गरेका थिए । विशाल राईको पासमा उनले गरेको त्यो गोल नै मछिन्द्रको अग्रताको कारण बन्यो ।

आक्रमक खेलका साथ मैदानमा उत्रिएको मछिन्द्रले पहिलो हाफमा न्युरोड टिम (एनआरटी)लाई १–०ले पछि पर्यो । लगातार प्रयास गरे पनि एनआरटीले पहिलो हाफमा गोल गर्न सकेन ।

५४औँ मिनेटमा एरिक विष्टले फ्रिकिकबाट गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा फर्काएका थिए । खेल बराबरीमा पुगेपछि मछिन्द्रले नेपाली राष्ट्रिय टोलीका फर्वाड मनीष डाँगीलाई मैदान प्रवेश गराएको थियो ।

एनआरटी पनि दोस्रो हाफमा निकै आक्रामक देखियो । एनआरटीका लागि पहिलो गोल ६९ मिनेटमा दर्शन गुरुङले गरेका थिए ।

स्टार खेलाडीले भरिपूर्ण मछिन्द्रले खेलको ७८औँ मिनेटमा पूर्वराष्ट्रिय टोलीका खेलाडी विमल घर्तीमगरलाई मैदान उतारेको हो । मैदान छिरेको दोस्रो मिनेटमा सुनील बललाई, बल पास गर्दै ८०औँ मिनेटमा मछिन्द्रले दोस्रो गोल गरेको हो ।