काठमाडौं, ६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९२१ जनाको पीसीआर परीक्षण गर्दा ३६७ र २ हजार ७७६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २५८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ७१८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५ सय पुगेको छ ।त्यस्तै, ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २६९ रहेको छ । जसमध्ये ६ हजार ८२७ जना होम आइसोलेसनमा र ४४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २३० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।