सोमालियामा कार बम विस्फोट हुँदा चर्चित पत्रकार अब्दियाजिज मोहमुद गुलेदको मृत्यु

एजेन्सी, ५ मंसिर । सोमालियाको राजधानी मोगादिशूमा वरिष्ठ पत्रकारलाई लक्षित गरी काम बम विष्फोट गरिएको छ । राजधानी मोगादिशूस्थित रक्षा मन्त्रालय नजिकै पत्रकार सवार सवारी साधनलाई लक्षित गरी कार बम विस्फोट गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।
विस्फोटमा परी सोमालियाका चर्चित पत्रकार अब्दियाजिज मोहमुद गुलेदको मृत्यु भएको समाचारमा उल्लेख छ। कार बम विष्फोटमा मारिएका गलेद ‘अब्दियाजिज अफ्रिका’को नामले समेत चर्चित छन् । उनी सरकारी स्वामित्वमा रहेको रेडियो मोगादिशूका निर्देशक समेत हुन् ।
राजधानीस्थित एक रेष्टुरेन्टबाट निस्कने क्रममा उनी चढेको बाहनलाई लक्षित गरी आत्मघाती विष्फोट गराइएको अधिकारीले बताएका छन् ।
सोमाली सुरक्षाकर्मीको हिरासतमा रहेका अल शबाबका संदिग्ध सदस्यहरूसँग अन्तर्वार्ता लिएपछि अब्दियाजिज चर्चामा आएका थिए ।अन्तर्वार्ताकै कारण उनको कार्यक्रम देशभित्र र बाहिर निकै लोकप्रिय समेत बनेको थियो ।
आतंकवादी समूह अलकायदासँग आबद्ध सोमालियोको विद्रोही संगठन अलब शबाबले शनिबार भएको विष्फोटको जिम्मा लिएको छ ।त्यस्तै कार बम विस्फोटमा कैयौं घाइते भएको समाचारमा जनाइएको छ। घाइते हुनेमा सरकारी टेलिभिजनका निर्देशक समेत छन् ।