एजेन्सी, ५ मंसिर । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा वाटफोर्डविरुद्ध ४–१ ले पराजित भएपछि बसेको आकस्मिक बोर्ड बैठकले ४८ वर्षीय सोल्सायरलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

युनाइटेडले प्रिमियर लिगका पछिल्ला पाँचमध्ये ४ खेलमा पराजय बेहोरेको थियो । ओले सन् २०१८ मा म्यानचेस्टरको प्रशिक्षकमा नियुक्त भएका थिए । उनी क्लबका पूर्व खेलाडी पनि हुन् ।