धनुषामा काँग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन आज हुँदै

जनकपुरधाम, ५ मंसिर । धनुषामा नेपाली काँग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन आज भईरहेको छ ।
स्थगित गरिएको एक दिन नबित्दै निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले निर्वाचनको समय निर्धारण गरेपछि पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन सुरु भएको हो ।
यसअघि शुक्रवार मात्र निर्वाचन अधिकृत ज्ञवालीले मंसिर ४ र ६ गतेका लागि निर्धारण गरिएको पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेका थिए ।
नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति धनुषाको शनिवारको निर्णय अनुसार पालिका स्तरीय १४ औँ महाधिवेशन आइतवार भईरहेको अधिकृत ज्ञवालीले जानकारी दिए ।