धनुषामा काँग्रेसको पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन स्थगित

जनकपुरधाम, ३ मंसिर । धनुषामा नेपाली काँग्रेसको पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन स्थगित गरिएको छ ।
पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर ४ र ६ गतेका लागि निर्धारण गरिएको अधिवेशन स्थगित गरिएको हो ।
मंसिर १ गतेको सुचना अनुसार पालिका स्तरीय तथा प्रदेश सभा क्षेत्रिय अधिवेशनको मिति मंसिर ४ र ६ गतेका लागि निर्धारण गरिएकोमा प्राविधिक कारणले अर्को सुचना नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए ।