ललितपुरमा बिहीबारदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु

काठमाडौं, २ मंसिर । ललितपुर महानगरपालिकामा बिहीबारदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार र शुक्रबार दुई दिन कोभिड–१९ विरुद्धको भेरोसेलको खोप लगाइने छ ।
भेरोसेल खोपको पहिलो डोज लगाएको २१ दिन पूरा भएका व्यक्तिहरुले आ–आफ्नो वडामा सम्पर्क गरी खोप लगाउन सकिने उनले बताए ।