मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका डाक्टर खरेलको निधन

काठमाडौं, २ मंसिर । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका डाक्टर दीपक खरेलको निधन भएको छ ।
कपिलवस्तु सामुदायिक अस्पतालमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोखरेलका अनुसार खरेलको उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–८ का २७ वर्षीय खरेल सो अस्पतालमा मेडिकल अफिसरको रूपमा कार्यरत थिए ।
खरेल चढेको मोटरसाइकल भाइटीकाको राति दुर्घटनामा परेको थियो । उनी मोटरसाइकलमा पछाडि बसेका थिए । खरेलको टाउकोमा गम्भीर चोट लागेको थिए ।