काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन पुगेका बार एशोसिएसनका पदाधिकारी, कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ ।

धकेलाधकेलमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ घाइते भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा भने यसअघिको जस्तै वैकल्पिक गेटबाट सर्वोच्च अदालत छिरेका छन् ।

बिहीबार वैकल्पिक गेट तर्फ पनि आन्दोलन गर्ने कानुन व्यवसायीले तयारी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सर्वोच्च छिरेका प्रधानन्यायाधीश जबराले ९ इजलास तोकिसकेका छन् ।