काठमाडौं, १ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि मुख्य प्रायोजनका लागि सम्झौता नवीकरण भएको छ ।

एक कार्यक्रमबीच बुधबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार मुख्य प्रायोजकले १ लाख ५० हजार डलर उपलब्ध गराउनेछ भने लिगको नाम कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग राखिनेछ ।

यो प्रयोजन रकम आगामी पाँच वर्षभित्र ५ लाख डलर पु¥याउने लक्ष्य लिएको अध्यक्ष कर्मा छिरिङले जानकारी दिए ।

त्यस्तै कन्ट्री म्यानेजर इमानले कतार एयरवेज नेपाली फुटबलको विकासका लागि सधैं तयार रहेको र यो सम्झौताले लामो समयसम्म निरन्तरता पाउनेमा विश्वास लिएको बताए ।