काठमाडौं, १ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसिर दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले दिएको जानकारीअनुसार १५ मंसिरभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको छ ।

परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने कामहरु एकै साथ भएकाले परीक्षा समयमा नै प्रकाशित हुने उनले जानकारी दिएका छन् ।

३० भदौमा भएको १२ कक्षाको परीक्षा होम सेन्टरमा भएको थियो । यो परीक्षाअघि दुई पटक १२ कक्षाको परीक्षा स्थगित भएको थियो ।

झन्डै ४ लाख विद्यार्थीले यसपटक १२ कक्षाको परीक्षा दिएका छन् ।