एजेन्सी, ३० कार्तिक । ब्राजिलियन फरवार्ड नेयमारले विश्वकप अन्तर्गत बुधबार हुने घरेलु टोली अर्जेन्टनाविरुद्धको खेल गुमाउने भएका छन् ।

नेयमारले चोटका कारण अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् । ब्राजिलियन फुटबल कन्फेडेरेसनले तिघ्रामा समस्या देखिएकाले नेयमार अर्जेन्टिनाविरुद्ध नखेल्ने जनाएको छ ।

विश्वकप छनोट अन्तर्गत नोभेम्बर १२ मा कोलम्बियासँगको खेलमा नेयरमारको तिघ्रमा समस्या देखिएको थियो ।

विश्वकपमा स्थान सुरक्षित गरिसकेको शीर्ष स्थानको ब्राजिलले १२ खेलमा ३४ अंक जोड्दा अर्जेन्टिना २८ अंकका साथ दोस्रो स्थानमा छ ।