केन विलियम्सनले भारतविरुद्धको टी–२० सिरिज गुमाउने

एजेन्सी, ३० कार्तिक । न्युजिल्यान्डका नियमित कप्तान केन विलियम्सनले भारतविरुद्धको टी–२० सिरिज गुमाउने भएका छन् ।
न्युजिल्याण्ड क्रिकेटले घोषणा गरेको टिममा विलियमसन अटाएका छैनन् । टेस्ट सिरिजका लागि केन्द्रित हुने भन्दै विलियम्सनले टी–२० सिरिज नखेलेको बताइएको छ ।
विलियमनको अनुपस्थितिमा टिम साउदीले न्युजिल्यान्डको कप्तानी सम्हाल्ने भएका छन् । न्युजिल्यान्डले भारतविरुद्ध तीन खेलको टी–२० सिरिज खेल्नेछ । सिरिजको पहिलो खेल बुधबार जयपुरमा हुनेछ ।
यस्तै दोस्रो खेल शुक्रबार राँची तथा तेस्रो खेल आइतबार कोलकातामा हुनेछ ।