पोर्चुगलले विश्वकपमा स्थान बनाउने प्रशिक्षक फर्नान्डोको दाबी

एजेन्सी, २९ कार्तिक । पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो टोलीले विश्वकपमा स्थान बनाउने दाबी गरेका छन् ।
विश्वकप छनोट अन्तर्गत आइतबार सर्बियासँग २–१ ले पराजित भएपछि पोर्चुगल विश्वकपमा सिधै छनोट हुन सकेन ।
सर्बियाविरुद्धको खेलअघि समूह ‘ए को शीर्ष स्थानमा रहेको पोर्चुगलले बराबरीको नतिजा निकालेको भए पनि अगामी वर्ष कतारमा हुने विश्वकपका स्थान पक्का गर्ने थियो । तर सर्बियासँग पराजित हुँदा उसले विश्वकपमा छनोट हुन प्ले अफ कुर्नुपर्ने भएको छ ।
विश्वकपको युरोपियन छनोट अन्तर्गत समूह ‘ए’ मा दोस्रो स्थानमा रहेको पोर्चुगलले आठ खेलबाट १७ अंक जोड्यो । शीर्ष स्थानको सर्बियाले समान खेलमा २० अंक जोड्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो ।