एजेन्सी, २९ कार्तिक । विश्वकप युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली क्रोएसियाले रुसमाथि १–० को कठिन जित हात पारेको छ ।

यो जितसँगै क्रोएसियाले अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्दा पराजित रसियाले भने प्ले अफ खेल्नु पर्ने भएको छ ।

पोलजुड स्टेडियममा खेलको ८१औं फेडोर कुद्रेसहोभले गरेको आत्मघाती गोल नै क्रोएसियालाई विश्वकपमा छनोट गराउन पर्याप्त बन्यो ।

यो जितसँगै क्रोएसिया १० खेलबाट २३ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा रहँदा समान खेलबाट २२ अंकका साथ रसिया दोस्रो स्थानमा रहेको छ ।

यही समूहका अन्य खेलमा स्लोभेनियाले साइप्रसलाई २–० ले पराजित गर्दा स्लोभाकियले माल्टामाथि ६–० को फराकिलो जित हात पा¥यो ।