अस्पताल र नर्सिङ होमको भ्रष्टाचार उजागर गर्दै आएका एक पत्रकारको हत्या

एजेन्सी, २८ कार्तिक । भारतको बिहार राज्यस्थित बेनीपट्टी जिल्लाको एक अस्पताल र नर्सिङ होमको भ्रष्टाचार उजागर गर्दै आएका स्थानीय पत्रकार बुद्धिनाथ झाको हत्या गरिएको छ ।
परिवारका सदस्यहरुले अस्पताल सञ्चालकले नै उनको हत्या गराएको दाबी गरेका छन् ।
मधुबनी जिल्लाको बेनीपट्टी इलाका प्रहरीका इञ्चार्ज अरविन्द कुमारले २२ वर्षीय झाको हत्या भएको पुष्टि गरेका छन् । प्रहरीका अनुसार झाको शव आधा जलेको अवस्थामा फेला परेको छ ।
उनका अनुसार हत्याको अनुसन्धान गर्न केही व्यक्तिलाई हिरासतमा लिइएको छ । पत्रकार झाले बीएनएन न्यून बेनीपट्टीमा काम गर्दथे । बेनीपट्टीमै घर भएका झा दुई वर्षदेखि पत्रकारीतामा रुपमा सक्रिय थिए ।
उनको अपहरणपछि हत्या भएको उनका दाजु त्रिलोक झाले बताएका छन् । ९ नोभेम्बरमा अपहरण भएको र १२ नोभेम्बरमा उनको शव फेला परेको उनले बीबीसी हिन्दीलाई जानकारी दिएका छन् ।