एजेन्सी, २८ कार्तिक । आइसिसी टि–२० विश्वकपको उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

अस्ट्रेलिया पाकिस्तान तथा न्युजिल्याण्ड इंग्ल्यान्डलाई समान ५ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यी दुई टोली फाइनल पुगेसँगै आइसिसी टि–२० विश्वकपले नयाँ विजेता पाउने पक्का भएको छ ।

दोस्रोपटक टि–२० विश्वकपको फाइनल खेल्न लागेको अस्ट्रेलिया यसपटक भने जित हात पार्दै उपाधि उचाल्ने प्रयासमा हुनेछ । अस्ट्रेलिया सन् २०१० मा इंग्ल्यान्डसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

पहिलोपटक टि–२० विश्वकप खेल्दै गरेको न्युजिल्याण्ड पनि पहिलो प्रयासमै सफलता हात पार्ने दाउमा छ ।

यी दुईबीच टि–२० विश्वकपमा हाल भएको एक मात्र खेल न्युजिल्याण्डले आफ्नो पक्षमा पारेको छ । उसले २०१६ मा ८ रनको जित निकालेको थियो ।