एजेन्सी, २७ कार्तिक । भारतको मणिपुरमा विद्रोही समूहको एम्बुसमा परेर भारतीय सेनाका कर्णेलसहित ७ जनाको ज्यान गएको छ । घटना चराचनपुर जिल्लामा भएको हो ।

मृत्यु हुनेमा ४६ आसाम राइफल्सका कमाण्डिङ अफिसर विप्लव त्रिपाठी र अरु ४ सैनिक छन् । साथै, त्रिपाठीका श्रीमती र एक छोरासहित ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमले मणिपुर राज्यमा सक्रिय रहेको पिपुल्स लिबरेसन आर्मीले आक्रमण गराएको हुनसक्ने दाबी गरेका छन् ।आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले आक्रमणकारीलाई खोज्ने काम भइरहेको बताएका छन् ।