इजरायलद्वारा दुश्मनका निशाना ध्वस्त पार्ने नयाँ प्रतिरक्षा प्रणाली सार्वजनिक

एजेन्सी, २७ कार्तिक । इजरायलले मिसाइल वा गोलीको साटो विद्युतीय किरण (बिम) पठाएर दुश्मनका निशाना ध्वस्त पार्ने नयाँ प्रतिरक्षा प्रणाली सार्वजनिक गरेको छ ।
हालै सार्वजनिक गरिएको नयाँ प्रणालीले विशेष किरण (बिम) को प्रयोग गरी दुश्मनका निशानामाथि हमला गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । नयाँ प्रतिरक्षा प्रणालीलाई नवीन स्क्यानिङ प्रविधिका आधारमा विकास गरिएको हो ।
इजरायलमा बिहीबार सार्वजनिक गरिएको विद्युतीय युद्ध प्रणालीले विशेष खाले किरण (बिम) मार्फत् दुश्मनका विभिन्न निशाना पत्ता लगाइ अवरुद्ध पार्न सक्ने आरटी डटकमले जनाएको छ ।
विश्वकै पहिलो भनिएको र इजरायल एरोस्पेस इन्डष्ट्रिज (आईएआई)ले सार्वजनिक गरेको नयाँ विद्युतीय युद्ध प्रणालीको नाम ‘स्कोर्पिअस’ प्रणाली राखिएको छ ।
आईएआईका अनुसार स्कोर्पिअस प्रतिरक्षा प्रणालीले विद्युतीय किरणमार्फत् ड्रोन, पानीजहाज, रडार केन्द्रसहित जल, थल एवं वायु क्षेत्रबाट उत्पन्न हुने खतरासँग जुध्न सक्छ ।