कंगनाविरुद्ध आम आदमी पार्टीका एक नेताद्वारा प्रहरीमा उजुरी

एजेन्सी, २६ कार्तिक । बलिउड अभिनेत्री कंगना रनौट बारम्बार विवादमा आइरहेकी हुन्छिन् । उनी बारम्बार विवादमा आउनुको कारण चाहिँ उनका अभिव्यक्ति पनि प्राथमिकतामा आउने गरेका छन् ।
पछिल्लो समय उनले भारतको स्वतन्त्रतालाई नै भीख भन्ने संज्ञा दिएकी थिइन् ।
यही विषयमा उनीविरुद्ध उजुरी परेको हो । उनको यो अभिव्यक्तिलाई देशद्रोही अभिव्यक्ति भन्दै आम आदमी पार्टीकी कार्यकारिणी सदस्य प्रिती शर्मा मेननले मुम्बईमा कंगनाविरुद्ध उजुरी हालेकी हुन् ।
आम आदमी पार्टीकी यी नेतृले प्रहरीमा नै उजुरी दिएकी छिन् भने भारतीय कांग्रेसले पनि उनको अभिव्यक्तिको व्यापक विरोध गरेको छ ।
पछिल्लो समय कंगनाले भारतमा विभिन्न विषयमा आफ्नो टिप्पणी राख्न भनेकी छाडेकी छैनन् । उनले आफ्ना कुरा राख्दै गर्दा भारतमा भारतीय जनता पार्टीका नेता तथा कार्यकर्ताले उनको समर्थनमा बोल्ने गरेका थिए । तर, पछिल्लो समय भाजपाका नेताहरुले पनि उनको विरोध सुरु गरेका छन् ।