बार्सिलोनाका युवा फरवार्ड अंशु फाती लामो समय मैदान बाहिर रहने

एजेन्सी, २३ कार्तिक । बार्सिलोनाका युवा फरवार्ड अंशु फाती लामो समय मैदान बाहिर रहने भएका छन् ।
फाती स्पेनिस ला लिगाअन्तर्गत शनिबारराति भएको सेल्टा भिगोविरुद्धको खेलका दौरान घाइते भएका हुन् ।
फातीले घुँडाको चोट बल्झिएका कारण पहिलो हाफमै मैदान छाडेका थिए । बार्सिलोना ३–३ को बराबरीमा रोकिएको उक्त खेलमा फातीले १ गोल गरेका थिए ।
बार्सिलोनाले हालसम्म फाती कहिलेसम्म मैदान बाहिर रहने आधिकारीक रुपमा सार्वजनिक नगरे पनि स्पेनका केही संचारमाध्यमले फाती करिब ४ देखि ६ हप्ता मैदानबाहिर रहने बताएका छन् ।
केही हप्ताअघि मात्र घुँडाको चोटमुक्त हुँदै १० महिनापछि मैदान फर्किएका फातीले बार्सिलोनाबाट आठ खेलमा चार गोल गरेका छन् ।