सोमबार ३९० संक्रमित थपिए, ४२५ संक्रमणमुक्त, ५ जनाको मृत्यु

काठमाडौं, २२ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३९० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ पीसीआर परीक्षणमा ३७१ र २ हजार ४२० एन्टिजेन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ भने ४२५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ रहेको छ ।