फाइजरले बनाएको औषधीको चर्चाले विश्व बजारलाई चलायमान बनायो

काठमाडौं, २२ कार्तिक । फाइजर कम्पनीले बनाएको कोरोनाभाइरसको औषधीको विषयमा सार्वजनिक गरेपछि यसको चर्चाले विश्व बजारलाई चलायमान बनाएको छ ।
कोभिड–१९ को यो औषधीका कारण कोरोना संक्रमित भई अस्पताल भर्ना हुने वा मृत्यु हुने सम्भावना ८९ प्रतिशत घट्ने बताइएको छ ।सोमबार औषधीको घोषणा भएपछि विश्वका विभिन्न क्यासिनो तथा एयरलाइन्सको शेयर बजारमा पनि निकै उछाल देखिएको छ ।
फाइजरले यो औषधी बनाएपछि अब विश्व बजारमा कोरोनाविरुद्ध खाने औषधी दुई वटा भएका छन् । तर, यो औषधीलाई अहिलेसम्म अमेरिकाले आपतकालीन प्रयोगका लागि पनि अनुमति दिएको छैन ।
यसका कारण विश्वमा कोरोनाभाइरसबाट छिटै राहत मिल्न सक्ने अनुमान अन्तर्राष्ट्रिय सन्चारमाध्यममा प्रकाशित छन् ।