एजेन्सी, २२ कार्तिक । अष्ट्रेलियाली क्रिकेट टिमले २४ वर्षपछि पाकिस्तानको भ्रमण गर्न लागेको छ ।

क्रिकेट अष्ट्रेलिया र पाकिस्तान क्रिकेट बोर्डले सोमबार सन् २०२२ को मार्चमा अष्ट्रेलियाली क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने तय गरेको हो ।

सन् १९९८ पछि अष्ट्रेलियाको क्रिकेट टिम पाकिस्तानमा क्रिकेट खेल्न गएको छैन । भ्रमणमा वर्ल्ड टेष्ट च्याम्पियनसिप र एक दिवसीय अन्तर्राष्ट्रिय सुपर लिग अन्तर्गतको खेल हुनेछ । उक्त भ्रमणमा तीनवटा टेष्ट खेल, तीन ओडिआई र एउटा टी–२० खेल हुनेछ । खेलहरु कराँची, रावलपिन्डी र लाहोरमा हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले अष्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने खबरले उत्साहित भएको बताए ।