काठमाडौं, २२ कार्तिक । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटअन्तर्गत नकआउट चरणको पहिलो खेलमा झापाको कन्काइ नगरपालिकाले सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिकालाई पराजित गरेको छ ।

कन्काइले सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सुनकोसीलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले हराएको हो ।

निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो । जितसँगै कन्काईले सेमिफाइन प्रवेशका लागि २४ कात्तिकमा कैलालीको गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्दा सुनकोसी भने प्रतियोगिताबाट बाहिरिएको छ ।

छनोटमा सहभागी ३१ मध्ये १० टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय महिला लिगमा स्थान बनाउने छन् । छनोटको विजेताले ५ लाख तथा उपविजेताले ३ लाख पाउनेछन् ।