मेक्सिकोमा भएको सवारी दुर्घटनामा परी २० जनाको मृत्यु

एजेन्सी, २१ कार्तिक । मेक्सिकोको राजमार्गमा भएको सवारी दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ ।
स्थानीय समयानुसार शनिबार दिउँसो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
बाटोमा रोकि राखेको कारलाई ट्रकले ठक्कर दिएर दुर्घटना भएको जनाइएको छ । ट्रकको ब्रेक फेल भएर ट्रकले कारलाई ठक्कर दिएको थियो ।
देशको राजधानी मेक्सिको सिटी र पुएब्ला सहरको सीमा क्षेत्रमा सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
–एएनआई