एजेन्सी, २१ कार्तिक । फ्रेन्च लिग वान अन्तर्गत शनिबार भएको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी)ले घरेलु टोली बोर्डोमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको छ ।

पिएसजीको जितमा नेयमारले दुई तथा केलियन एम्बाप्पेले एक गोल गरे । अल्बर्थ इलिस र मबेय नियाङले घरेलु टोलीका लागि एक–एक गोल फर्काए ।

पिएसजीले नेयमारको गोलमार्फत् २६औं मिनेटमा अग्रता लिएको थियो । ४३औं मिनेटमा नेयमारले नै टोलीको अग्रता दोब्बर बनाए ।
६२औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ३–० ले अघि बढाए ।

७८औं मिनेटमा इलिसले घरेलु टोलीका लागि पहिलो गोल गरेका थिए । थप गरिएको समयमा नियाङले गोल गर्दै बोर्डोलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

जितसँगै १३ खेलबाट ३४ अंक जोडेको पिएसजी शीर्ष स्थानमा कायमै रहँदा समान खेलमा बोर्डो १२ अंकसहित १६औं स्थानमा छ । गका खेल