शान्ति सैनिकमाथि भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

एजेन्सी, १९ कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्य अफ्रिकी गणतन्त्र (सीएआर) को राष्ट्रपतिका गार्डका सदस्यहरूले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । उक्त घटनामा १० जना शान्ति सैनिक घाइते भएका छन् ।
प्रवक्ता स्टेफेन डुजारिकमार्फत एक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघका प्रमुखले संयुक्तराष्ट्र शान्ति सैनिकहरू माथिको आक्रमणमार्फत युद्ध अपराध हुन सक्नेतर्फ इङ्गित गरेका छन् । उनले मध्य अफ्रिकी अधिकारीहरूलाई यस अस्वीकार्य आक्रमणका दोषीहरूलाई छानबिन गर्न र तुरुन्तै जवाफदेही बनाउन कुनै कसर बाँकी नराख्न आग्रह समेत गरेका छन् ।
महासचिवले घाइते शान्ति सेना र नागरिकहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दै मध्य अफ्रिकी गणतन्त्रमा शान्ति र स्थिरताका लागि इजिप्टका जनता र सरकारको योगदानका लाग कृतज्ञता समेत व्यक्त गरेका छन् ।