काठमाडौं, १७ कार्तिक । आइसिसी महिला टि–२० विश्वकप एसियाली छनोटको खेल तालिका सार्वजनिक भएको छ । नोभेम्बर २२ मा हुने छनोटको उद्घाटन खेलमा आयोजक युएईले मलेसियाको सामना गर्नेछ ।

नेपालले नोभम्बर २२मा हङकङसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । उसले आफ्नो दोस्रो खेल नोभेम्बर २३मा भुटानसँग खेल्नेछ ।

नेपालले आफ्नो तेस्रो खेल नोभेम्बर २५मा कुवेत, चौथो खेल नोभम्बर २६मा मलेसिया र पाँचौँ तथा अन्तिम खेल नोभेम्बर २८ मा युएईसँग खेल्नेछ । छनोटका सबै खेल दुबईस्थित आइसिसी एकेडेमी क्रिकेट मैदानमा हुनेछन् ।

छनोटमा नेपाल, युएई, मलेसिया, भुटान, कुवेत र हङकङ सहभागी छन् । शीर्ष स्थान हासिल गर्ने टोलीले ग्लोबल छनोट खेल्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकाले आयोजना गर्ने महिला टि–२० विश्वकपमा १० टोलीको सहभागिता रहनेछ ।