जनकपुरधाम, १५ कार्तिक । नेपाली बिद्यार्थीहरुको हकहितप्रति सदैव समर्पित ‘नेप्लिज स्टुडेन्ट्स एसोसिएसन बंगलादेश’ को २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

डा.धिरज कुमार यादवको संयोजकत्वमा गठित यस कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अजय साह र दीपक चौधरीलाई चयन गरिएको छ । त्यस्तै, उपाध्यक्षमा डा.रौरभ सिंह राजपूत र सुधिर यादव रहेका छन् ।

नयाँ कार्यसमितिको सचिवमा डा.राजेश्वरी भगत, संयुक्त सचिवमा सनी सिद्र्धाथ सिंह, सहायक संयुक्त सचिवमा मनिष कुँवर, कोषाध्यक्षमा नितिश यादव, संयुक्त कोषाध्यक्षमा पप्पु कुमार तेली, सहायक संयुक्त कोषाध्यक्षमा अयुष्मा अधिकारी, प्रवक्तामा पियुस बराई र समिक्षा अधिकारीलाई चयन गरिएको हो ।

त्यस्तै, महिला प्रतिनिधितर्फ रिचा चौधरी, गरिमा डंगोल, सरिता गुरुङ्ग, विनिता थापा र उरुषा श्री पोखरेल रहेका छन् भने कार्यसमिति सदस्यहरुमा सुजल थापा, अशोक यादव, अरुण पटेल, नैतिक श्रीवास्तव तथा अभिशेष यादवलाई चयन गरिएको छ ।

बंगलादेशमा रहेका बिभिन्न कलेजतथा विश्वविद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको हकहितप्रति सदैव समर्पित नेप्लिज स्टुडेन्ट्स एसोसिएसन बंगलादेशका केन्द्रीय अध्यक्ष डाक्टर रामनरेश सिंहको अध्यक्षतामा केन्द्रय पदाधिकारीहरुको बैठक बसी आगामी सन् २०२२ का निमित्त यो कार्यसमिति चयन गरिएको हो ।