शाकिब अल हसनले टि–२० विश्वकपका बाँकी खेल गुमाउने

काठमाडौं, १५ कार्तिक । बंगलादेशका अलराउण्डर शाकिब अल हसनले टि–२० विश्वकपका बाँकी खेल गुमाउने भएका छन् ।
चोटका कारण शाकिबले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् । उनको देब्रे खुट्टाको ह्यामस्ट्रिङमा चोट लागेको छ ।
विश्वकपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा उनलाई चोट लागेको थियो । उनले विश्वकप गुमाउने भएपछि बंगलादेशलाई ठूलो धक्का लागेको छ ।
शाकिबले बंगलादेशलाई सुपर १२ मा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । जारी विश्वकपकमा उनले ६ खेलमा १२ विकेट हात पारेका छन् ।
सुपर १२ को समूह ‘१’मा रहेको बंगलादेशले शुरुवाती ३ खेलमा हार बेहोरेको थियो । बंगलादेशले अब अस्ट्रेलिया र दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ ।