झापा, १४ कार्तिक । नेपाल आर्मी क्लबलाई पराजित गर्दै झापा भेट्रान्स एफसी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा झापाले आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

झापाको जितमा कप्तान भेषाराज लिम्बू र श्यामकुमार गोलेले एक–एक गोल गरे । भेषले खेलको ४७ र श्यामले ६० मिनेटमा गोल गरे ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।