एसएनकेसीलाई २–० गोल अन्तरले पराजित गर्दै खुमलटार फाइनलमा

काठमाडौं, १४ कार्तिक । एफई खुमलटार भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा एसएनकेसीलाई २–० गोल अन्तरले पराजित गर्दै खुमलटार फाइनल पुगेको हो ।
खुमलटारलाई जित दिलाउन रितेश खड्का र जुमानु राईले एकएक गोल गरे । पाँचौं मिनेटमा रितेशले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सातौँ मिनेटमा जुमानुले खुमलटारको अग्रता दोब्बर बनाए ।
खुमलटारले उपाधिका लागि झापा भेट्रान्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी भेट्रान्स क्लबलाई २–० गोल अन्तरले हराउँदै झापा फाइनल प्रवेश गरेको हो ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन् ।