सिरहामा गोली हानी एक किसानको हत्या

सिरहा, १६ माघ । सिरहामा एक किसानको गोली हानी हत्या गरिएको छ ।
सिरहा नगरपालिका–१ का अन्दाजी ४५ वर्षीय प्रेमनाथ यादवको सिरहा नगरपालिका वडा नम्बर-७ मैनाबत्तीखोला किनारमा हत्या भएको हो ।
आफ्नै खेतमा ट्र्याक्टरले खेत जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली हानी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
खेत जोत्न गएका उनीमाथि गोली हानेर हत्या गरेको भन्ने खबर पाउनासाथ वडाअध्यक्ष महेशकुमार यादवले प्रहरीलाई खबर गरिएको जानकारी दिए ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

