सिरहा, १७ चैत । भूतपूर्व सैनिकहरूको हकहित संरक्षण, कल्याण प्रवर्द्धन तथा आपसी एकता सुदृढ गर्ने उद्देश्यले सिरहामा ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ आयोजना गरिने भएको छ ।

आयोजकका अनुसार सम्मेलनमा सम्पूर्ण भूतपूर्व सैनिक, एकल महिलाहरू तथा उनीहरूका पारिवारिक सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।

कार्यक्रम आगामी २०८३ साल बैशाख ३ गते बिहान श्री नन्दबक्स गण चोहर्वा ब्यारेकमा सञ्चालन गरिनेछ ।

सम्मेलनमा सहभागी हुन इच्छुक व्यक्तिहरूले नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन् । साथै, कार्यक्रमकै दिन स्थलमै उपस्थित भई पनि दर्ता गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि ०३३–४०१०५० र ९८४०९३९०५३ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

आयोजकले सरोकारवाला सबै पक्षको सक्रिय सहभागिताले सम्मेलनलाई थप प्रभावकारी र सफल बनाउने विश्वास व्यक्त गरेको छ ।