महोत्तरीमा निर्वाचन प्रहरीलाई नमुना मतदानमार्फत अभ्यास

महोत्तरी, २७ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महोत्तरी जिल्लामा निर्वाचन सुरक्षामा खटिने प्रहरीहरूलाई लक्षित गरी नमुना मतदान अभ्यास गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको समन्वयमा इलाका प्रहरी कार्यालय बर्दिबास, गौशाला, रामगोपालपुर, सहोडवा र बलवामा तालिमरत निर्वाचन प्रहरीहरूलाई नमुना मतदान स्थल निर्माण गरी डेमो प्रदर्शन गरिएको हो ।
अभ्यासका क्रममा मतदान केन्द्र व्यवस्थापन, मतदाता प्रवेश प्रक्रिया, मतपत्र वितरण, मतदान गोपनीयता, मतपेटिका सिल गर्ने तरिका तथा आपतकालीन अवस्थाको व्यवस्थापनबारे व्यावहारिक जानकारी दिइएको थियो ।
प्रशिक्षणमा सहभागी प्रहरीहरूलाई निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन आवश्यक भूमिका र जिम्मेवारीबारे पनि जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्ता अभ्यासले निर्वाचनको दिन सम्भावित चुनौती सामना गर्न र सुरक्षालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन यस्ता तालिम तथा अभ्यासलाई निरन्तरता दिइने समेत जनाइएको छ ।











तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

